काठमाडौं। जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्झनामा सरकारले जेनजी स्मारक पार्कू निर्माण गर्ने सैद्धान्तिक निर्णय गरेको छ।

गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालका अनुसार पार्कको स्थान भने हालसम्म तय भएको छैन।
सरकारी तथ्यांकअनुसार आन्दोलनमा ७२ जनाको मृत्यु भएको छ, जसमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी छन्। १३४ प्रदर्शनकारी र ५७ सुरक्षाकर्मी घाइते भएका छन्।
भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध भएको आन्दोलनका क्रममा प्रहरीसँग झडप र आगजनी हुँदा अझै शव फेला परिरहेकाले मृतक संख्या बढ्न सक्ने बताइएको छ। आज बिहान मात्र चुच्चेपाटीस्थित भाटभटेनीमा ६ शव फेला परेका छन्।














