Logo
Logo

जेन-जी आन्दोलन : २० अर्ब ७० करोडको बीमा दाबी


1.2k
Shares

काठमाडौं । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनले गरेको क्षतिमा २० अर्ब ७० करोड ३८ लाख रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार भदौ ३१ गतेसम्ममा कुल १९८४ वटा बीमा दावीबापत उक्त रकमको कुल बीमा दाबी परेको हो ।

The current image has no alternative text. The file name is: beema.jpg

द ओरियण्टल इन्स्योरेन्समा सबैभन्दा बढी रुपैयाँको बीमा दाबी परेको छ । कम्पनीमा कुल पाँच अर्ब १४ करोड ७९ लाख रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको छ । कम्पनीमा देशभरीबाट हालसम्म ४० वटा दाबी परेका छन् ।

सर्वाधिक बीमा दाबी पर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीमा देशभरीबाट २५८ वटा दाबी बापत चार अर्ब ९३ करोड २२ लाख रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको छ ।

शिखर इन्स्योरेन्सले भदौ ३१ गतेसम्म कम्पनीमा ३६६ वटा दाबी बापत कुल दुई अर्ब ३९ करोड चार लाख रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको छ ।

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा २४ वटा दाबी बापत एक अर्ब ५९ करोड ६ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २३३ वटा दाबी बापत एक अर्ब ४७ करोड ५५ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ वटा दाबी बापत एक अर्ब १५ करोड ६२ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा ४० वटा दाबी बापत एक अर्ब नौ करोड ५३ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार सानिमा जिआइसी इन्स्योरेन्समा १२९ वटा दाबी बापत ७८ करोड ९३ लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा १७२ वटा दाबी बापत ४९ करोड ५१ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा १७० वटा दाबी बापत ४८ करोड ५१ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दाबी परेको छ ।

नेपाल इन्स्योरेन्समा ७९ वटा दाबी बापत ४६ करोड ९४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा १५१ वटा दाबी बापत ३८ करोड ५८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा ६९ वटा दाबी बापत १९ करोड १८ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्समा १९ वटा दाबी बापत ६ करोड ८२ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दाबी परेको छ ।

 कसले कति दाबी गरे

प्रतिक्रिया दिनुहोस्