Logo
Logo

नेपालमा ५० हजार नाघे संक्रमित, बिहीबार १२४६ थपिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ भदौ ।

नेपालमा कारोना संक्रमितको संख्या ५० हजार नाघेको छ ।
बिहीबार थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५० हजार ४६५ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा जना १ हजार ११८ जना निको भइ घर फर्किएका छन्। नेपालमा निको हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ छ।

पछिल्लो २४ घण्टामा ५ जनाको कोरोनाबाट मृत्यु भएको छ। हालसम्म ३१७ जनाको नेपालमा कोरानो संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्