Logo
Logo

भारतीय राजदूत र ऊर्जामन्त्री घिसिङबीच भेटवार्ता 


630
Shares

काठमाडौं । ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ र भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । आइतबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री घिसिङले राजदूत श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

The current image has no alternative text. The file name is: shreewahtb.gif

जेनजी आन्दोलनपछि अन्तरिम सरकारको मन्त्री बनेका घिसिङलाई राजदूत श्रीवास्तवले बधाइ ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरे । भेटका क्रममा नेपालको ऊर्जा, यातायात, भौतिक पूर्वाधार, शहरी विकासका क्षेत्रमा भारतले सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालको विकासका लागि भारतले सहयोग गर्दै आएको स्मरण गर्दै मन्त्री घिसिङले नेपालाई अहिले नेपालको शान्ति व्यवस्था, विकास र समृद्धिमा भारतको साथ र सहयोग आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्