Logo
Logo

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या


9.1k
Shares

काभ्रेपलाञ्चोक । गत भदौ २४ गते ललितपुरको नख्खु कारागार तोडेर भागेका एक कैदीले आइतबार आफ्नो घर पुगेर पत्नीको हत्या गरेका छन् ।

The current image has no alternative text. The file name is: hataya.gif

काभ्रेको पनौती नगरपालिका-१२, गागल निवासी ३५ वर्षीय सन्तबहादुर तामाङले आफ्नी ३० वर्षीया पत्नी मनिषा घ्यावा तामाङको हत्या गरेको वडाध्यक्ष जयराम केसीले जानकारी दिए । सन्तबहादुर जबरजस्ती करणी मुद्दामा नख्खु कारागारमा सजाय काटिरहेका थिए ।

उनले जेनजी आन्दोलनका क्रममा सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य ७ सय कैदीसँगै कारागारबाट भागेका थिए ।  घटनास्थलमा इलाका प्रहरी कार्यालय बनेपाको टोली पुगेको छ । प्रहरीले घटनाको  बारेमा थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्