काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३५औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ ।

आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन आइतबार राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार, प्रमुख आयुक्त राईले संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गरेका हुन्।















