Logo
Logo

मन्त्रिपरिषद् विस्तार गरिँदै, को-को बन्दै छन् मन्त्री ?


12k
Shares

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको एक साता बितिसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री कार्कीले यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा, जलस्रोत, सिँचाइ, शहरी विकास र भौतिक पूर्वाधार मन्त्रीमा कुलमान घिसिङ तथा गृह र कानुन मन्त्रीमा ओमप्रकाश अर्याललाई नियुक्त गरिसकेकी छन् ।

हाल थप तीन मन्त्रीको नाम राष्ट्रपति कार्यालय पुगेको जनाइएको छ । जसमा मानवअधिकारकर्मी मोहना अन्सारी, पत्रकार जगदीश खरेल र वैज्ञानिक महावीर पुनको नाम मन्त्रीका लागि प्रस्तावित छ ।

खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व गर्ने जनाइएको छ । अन्सारीले कुन मन्त्रालयको जिम्मेवारी लिने भन्ने खुल्न बाँकी छ । यसैबीच, स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा.सङ्गीता कौशल मिश्रलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनाउने तयारी भएको छ ।

आजै उनीहरूको नियुक्ति र शपथको तयारी रहेको जनाइएको छ । प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् ११ जनाभन्दा बढी नबनाउने बताएकी छन् । हालसम्म चार मन्त्री नियुक्त भइसकेका छन् भने थप चार जनाको नियुक्ति प्रक्रिया अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्