Logo
Logo

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै


567
Shares

काठमाडौं । एसिया कपको सुपर फोर चरणमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । समूह चरणमा अपराजित रहँदै ६ अङ्कसहित समूह ‘ए’ को विजेता बनेको भारत र ४ अङ्कसहित उपविजेता बनेको पाकिस्तानले सुपर फोरमा स्थान पक्का गरेका हुन् ।

The current image has no alternative text. The file name is: india-pakistan.gif

समूह चरणको भिडन्तमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । समूह ‘ए’ बाट भारत र पाकिस्तान सुपर फोरमा प्रवेश गरेका छन् भने समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेशले स्थान बनाएका छन् । 

सुपर फोरको पहिलो खेलमा बङ्गलादेशले श्रीलङ्कालाई ४ विकेटले हराउँदै २ अङ्क जोडेको छ । एसिया कपमा सहभागी ८ टोलीमध्ये अफगानिस्तान, ओमान, यूएई र हङकङ समूह चरणबाटै बाहिरिएका छन् । सुपर फोरका खेलहरू शनिवारदेखि सुरु भएका छन् । आज भारत र पाकिस्तान आमनेसामने हुँदै छन् । 

प्रतिक्रिया दिनुहोस्