Logo
Logo

चार महिनाभित्र भाटभटेनीलाई उभ्याउने मीनबहादुरको सङ्कल्प 


567
Shares

काठमाडौं । गत भदौ २३-२४ गते भएको जेनजी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटका १५ शाखा जलाएर ध्वस्त पारिएको छ भने चारवटा शाखामा व्यापक तोडफोड भएको छ ।

The current image has no alternative text. The file name is: min-gurung.jpg

मीनबहादुर गुरुङ सञ्चालक रहेको यो सुपरमार्केटले करिब १०.८५ अर्बदेखि १५ अर्ब रुपैयाँको क्षति व्यहोरेको प्रारम्भिक अनुमान छ । तर, मीनबहादुरले हार मानेका छैनन् ।

आइतबार नक्सालको ध्वस्त भवन अवलोकन गर्दै उनले चार महिनाभित्र पुनर्निर्माण गर्ने सङ्कल्प व्यक्त गरे । ‘हजारौँ कर्मचारी र तिनका परिवारको जीवन भाटभटेनीसँग जोडिएको छ । म उनीहरूका लागि थाक्नुहुन्न,’उनले भने ।

बैङ्क र सहयोगीको साथले फेरि उठ्ने उनको दृढता छ । ‘नेपाल गोर्खालीको देश हो, हामी लडेर पनि उठ्छौँ,’ भावुक हुँदै उनले भने । आंशिक क्षति भएका स्टोर भदौ २५ बाटै सञ्चालनमा आएका छन् ।

कोटेश्वर, महाराजगञ्ज र नक्सालमा तीव्र गतिमा पुनर्निर्माण भइरहेको छ । प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूसँगको भेटमा सरकारले सुरक्षा र सहयोगको आश्वासन दिएको उनले बताए । ‘नेपाल सुरक्षित छ, इमान्दारीसाथ श्रम गरे १५ वर्षमा यो देश संसारकै सुन्दर हुन्छ,’ उनले भने। नागरिकको सहानुभूतिले आफूलाई उभिन बल मिलेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्