Logo
Logo

आजपाले व्यवस्था परिवर्तनका लागि आन्दोलन गर्ने


378
Shares

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी आजपाले आगामी फागुन २१ मा हुने निर्वाचनमा भाग लिने भएको छ । काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा भवनमा ४ असोजमा केन्द्रीय कमिटी र ५ असोजमा बसेको पदाधिकारी बैठकले प्रदेशको नेतृत्व हेरफेर सहित व्यवस्था परिवर्तनका लागि जनदबाब सहित निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो ।

The current image has no alternative text. The file name is: Prabhu-Saha.jpg

आजपाले व्यवस्था परिवर्तनका लागि छठपछि आन्दोलनमा उत्रिने निर्णय गरेको छ । दसैँ, दीपावली, छठ पर्वसम्म पार्टीको प्रदेश, जिल्ला, पालिका कमिटीको बैठक, भेला, कमिटी गठन, पुनर्गठन, शुभकामना आदानप्रदान लगायतका गतिविधि गर्ने र चाडपर्व सकिएपछि आन्दोलनमा उत्रिने निर्णय आजपाले गरेको हो ।

‘हाम्रो आजपाद्वारा झण्डै दुई वर्ष अगाडी दलाल दलतन्त्र विरुद्ध जारी तेस्रो जनआन्दोलनको जगमा हालै भएको जेनजी युवा पुस्ताको अगुवाइमा भएको जनविद्रोहले देशको संसद्, सरकार र संविधानलाई अस्वीकार गरिसकेको सन्दर्भमा फेरी उहीँ तिरस्कृत नेताहरूको संयोजन एवं सहमतिमा केवल नेतृत्वको मुखौटा परिवर्तनमा सीमित गरिनु जेनजी आन्दोलनप्रतिको धोका एवं सडकमार्फत मुखरित ताजा जनादेश समेतको अपमान भएको ठहर सहित सिस्टम सुधारका लागि जनदबाब सहितको सङ्घर्ष र बाँकी कार्यभार पुरा गर्न थप सशक्त रूपमा अघि बढ्ने निर्णय गरिएको छ,’ आजपाले गरेको निर्णयमा उल्लेख गरिएको छ ।

यस्तै संविधानमा तत्काल सुधार गर्नुपर्ने महत्त्वपूर्ण विषयवस्तुलाई समेटेर आजपाद्वारा तयार पारिएको १६ बुँदे प्रस्ताव जनताका बीचमा लैजाने निर्णय समेत गरिएको छ । आजपाले आम जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था संविधानमा तत्काल सुधार गर्नुपर्ने लगायतका १६ मुद्दा सार्वजनिक गरेको छ ।

यसैगरी आजपाले विचार र सिद्धान्त मिल्ने विभिन्न लोकप्रिय व्यक्ति, समूह, सङ्गठन एवं पार्टीसँग एकता र सहकार्य गर्ने निर्णय गरेको छ ।

त्यसका लागि बैठकले सहअध्यक्ष एवं संविधानसभाका सदस्य तिलक थापामगरको नेतृत्वमा चन्द्रभुषण साह, सुभाष साह, विजय यादव, राम विष्ट सदस्य रहने गरी वार्ता समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्