Logo
Logo

अत्यावश्यक सेवा निरन्तर सञ्चालनमा रहनेछः मुख्यमन्त्री आचार्य


16.1k
Shares

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश अन्तर्गतका कार्यालयहरूबाट अत्यावश्यक सेवा रोकिने छैन भन्ने स्पष्ट पारेका छन् ।

बाँके जिल्लाका सरकारी तथा राजनीतिक दलका कार्यालयहरूको निरीक्षणका क्रममा मुख्यमन्त्री आचार्यले हाल भइरहेको आन्दोलनका कारण कतिपय सरकारी संरचना क्षतिग्रस्त भए पनि अत्यावश्यक सेवा सञ्चालनका लागि सक्दो प्रयास भइरहेको जानकारी दिए ।

“बाँकेमा जारी आन्दोलनले सरकारी संरचनामा गम्भीर क्षति पुर्‍याएको छ”, उनले भने, “तर हामी पाल टाँगेर भए पनि सेवाप्रवाह सुनिश्चित गरिरहेका छौं।”

उनका अनुसार आन्दोलनका कारण प्रदेशमा लगभग दुई खर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ । धेरै कार्यालयहरूले असहज परिस्थितिमा सेवा दिइरहेका छन्, तर अत्यावश्यक सेवा भने रोकिँदैन भन्नेमा प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्