Logo
Logo

३३ किलो सुन तस्करीका अभियुक्त ‘गोरे’ पुनः कारागारमा


1.1k
Shares

काठमाडौं । चर्चित ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती उर्फ ‘गोरे’ पुनः कारागार फर्किएका छन् ।

भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा अन्य कैदीहरूसँगै भागेका गोरे केन्द्रीय कारागारमा पुनः उपस्थित भएका जेलर कृष्ण चापागाईंले जानकारी दिएका छन् ।

गोरे २०७४ माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबईबाट ल्याइएको ३३ किलो सुन तस्करीको मुद्दामा थुनामा छन् । अनुसन्धानका अनुसार उक्त सुन तस्करीमा गोरे नेतृत्वको समूह संलग्न रहेको पुष्टि भएको छ।

हालसम्म त्यो सुन फेला परेको छैन । गोरेले दिएको बयानअनुसार, सुन नयाँ बानेश्वरस्थित रत्नराज्य विद्यालय नजिकैबाट भरियाबाट लुटिएको थियो ।

गोरेको पुनः गिरफ्तारीपछि अनुसन्धान र मुद्दाको प्रकृया फेरि तीव्र हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्