काठमाडौं । चालु आर्थिक वर्ष २०८२ र ८३ को पहिलो दुई महिनामा साउनदेखि भदौ मसान्तसम्म० नेपालले ४७ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ , जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८८.५७ प्रतिशतले बढी हो।

भन्सार विभागले मङ्गलबार सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा कुल वैदेशिक व्यापार ३ खर्ब ५२ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। यसमध्ये आयात ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँ बराबरको रहेको छ , जुन अघिल्लो वर्षको तुलनामा १६.२३ प्रतिशतले बढेको हो ।
गत वर्षको सोही अवधिमा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ बराबरको आयात तथा २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो।
यद्यपि निर्यातमा उल्लेख्य वृद्धि भए पनि देशको ८८व्यापार घाटा८८ अझै बढ्दो छ। चालु वर्षको दुई महिनामा व्यापार घाटा ८।२९ प्रतिशतले बढेर २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ८८ पुगेको छ, जबकि अघिल्लो वर्ष यही अवधिमा यो घाटा ८८२ खर्ब ३७ अर्ब ४४ करोड रुपैयाँ थियो।














