Logo
Logo

नारायणकाजीले मागे माओवादीमा कार्यवाहक अध्यक्ष


3.6k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीमा कार्यवाहक अध्यक्षको जिम्मेवारी माग गरेका छन् । उपमहासचिव जनार्दन शर्माका अनुसार, गत आइतबार बसेको पदाधिकारी बैठकमा श्रेष्ठले यस्तो प्रस्ताव राखेका हुन् ।

The current image has no alternative text. The file name is: narayankaji-shreshthaa.jpg

शर्माका अनुसार मङ्सिरमा महाधिवेशन हुने भएकाले दुई महिनाका लागि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी मागेका हुन् । शर्माले पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दुई महिनाका लागि जिम्मेवारी दिन आग्रह गरेको बताएका छन् ।

श्रेष्ठको प्रस्तावमा महाधिवेशनसम्म आफूले कार्यवाहक नेतृत्व गर्ने र त्यसपछि प्रचण्डसहित सबै पदाधिकारीले नेतृत्व नलिने उल्लेख छ । उनले हालका पदाधिकारीलाई निर्देशक समितिमा रूपान्तरण गरी मङ्सिरको महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने सुझाव दिएका छन् । यसले पार्टीको साख बढ्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्