Logo
Logo

प्रधानमन्त्री र प्रधानसेनापतिबीच के कुराकानी भयो ?


3.7k
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ । मङ्गलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

The current image has no alternative text. The file name is: cena-pati.jpg

भेटवार्ताका क्रममा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे छलफल भएको जनाइएको छ । प्रधानमन्त्री कार्की भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट केपी शर्मा ओलीको सरकार ढलेपछि प्रधानमन्त्री बनेकी थिइन् ।

जेनजीको मागअनुसार नेपाली सेनाको पहलमा कार्कीलाई प्रधानमन्त्री बनाइएको थियो । प्रधानमन्त्री बनेपछि प्रधानसेनापति सिग्देलसँग भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्