Logo
Logo

बालेन लक्षित ओलीको कटाक्ष : पहिलेदेखि नै सिंहदरबार जलाउँछु भनेकै थिए


2.1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले नेपालको लोकतन्त्र, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लगि  युवा जाग्नुपर्ने अवस्था  आएको बताएका छन् ।  क्तपुरको गुण्डुस्थित निवासमा भेट्न पुगेका युवा तथा विद्यार्थीलाई सम्बोधन गर्दै उनले नेपाल अरू देशले भिसासमेत नदिने बदनाम स्थितिमा पुगिसकेको बताउँदै युवालाई जाग्न आह्वान गरेका हुन् ।

The current image has no alternative text. The file name is: kp-oli-balen-shah.jpg

ओलीले भने , ‘नेपालीलाई अहिले भिसा नदिने भइसके, काम नदिने अवस्था भइसक्यो । नेपाल बदनाम अवस्थामा छ ।’ उनले नेपाल इमानदार र कर्मठ मानिसहरूको देश रहेको भन्ने बनाउनुपर्ने बताए । युवाहरूले निराश नभई सक्रिय र सकारात्मक सोचसहित अघि बढ्नुपर्ने ओलीको भनाइ थियो ।

‘यो देश हाम्रो हो हामीले बनाउनुपर्छ । अहिले कसले जलायो थाहा छैन । देश र इतिहासलाई माया गर्ने मान्छेले पक्कै सिंहदरबार जलाएन । अरू नै कुनै घुसपैठ गर्ने तत्त्वहरूले जलाएका हुन्’ उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै भने, ‘जो पहिल्यैदेखि भन्दै थिए सिंहदरबार जलाउँछु भनेर । योजनाबद्ध काम हो यो । यस्तो कुरा हामीले बुझ्नुपर्छ ।’

कठिन परिस्थितिमा पनि हरेस नखाई सङ्घर्षमा अघि बढ्न र बाह्य हस्तक्षेप र षड्यन्त्रलाई बुझेर, दृढतापूर्वक राष्ट्रिय हितमा अडिन उनको निर्देशन थियो ।

प्रतिक्रिया दिनुहोस्