Logo
Logo

मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपालको १६औं वार्षिक साधारण सभा सम्पन्न


315
Shares

काठमाडौँ । मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपालको १६औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।

सुरुमा पोखरामा गर्ने योजना भए पनि वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सबै सदस्यको सुरक्षा र सहभागिता सुनिश्चित गर्न सभा काठमाडौंको ब्याट होटलमा सारिएको थियो ।

सभाले आर्थिक वर्ष २०८१/८२ का गतिविधि र उपलब्धिहरूको समीक्षा गरी आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम र बजेट अनुमोदन गरेको छ ।

यस अवसरमा नेपालको मर्चेन्ट बैंकिङ्ग व्यवसायमा देखिएका हालका समस्या, चुनौतीहरू र भविष्यका रणनीतिक योजनाहरूमाथि छलफल भयो। साथै, पुँजी बजारमा मर्चेन्ट बैंकहरूको भूमिकालाई थप सुदृढ गर्ने नीतिगत विषयहरूमा पनि छलफल गरिएको थियो ।

सभाले संस्थाको नाम र केही थप आवश्यक संशोधन समेत गरेको छ । बैंकले नेपालको मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा व्यावसायिकता र दिगो विकासलाई बढावा दिने आफ्नो प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्