Logo
Logo

साढे ८ प्रतिशतले बढ्यो व्यापार घाटा


189
Shares

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको व्यापार घाटा ८.५ प्रतिशतले बढेको छ । विगतमा नेपाल राष्ट्र बैङ्कले आयात नियन्त्रणका उपायहरू अपनाउँदा आयातमा कमी आएको र व्यापार घाटा पनि घटेको थियो ।

The current image has no alternative text. The file name is: tread-nepal.gif

तर, हाल आयात र निर्यात दुवैमा वृद्धि भएको छ । भन्सार विभागको भदौ महिनासम्मको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको व्यापार घाटा २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।

यो अवधिमा ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँको सामान आयात भएको छ भने ४७ अर्ब ३१ करोड ७६ लाख रुपैयाँको सामान निर्यात भएको छ । गत वर्षको सोही अवधिमा नेपालले २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँको आयात र २५ अर्ब ९ करोड रुपैयाँको निर्यात गरेको थियो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षमा निर्यात ८८.५७ प्रतिशतले र आयात १६.२३ प्रतिशतले बढेको छ। कुल वैदेशिक व्यापार पनि २२.५४ प्रतिशतले वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्