Logo
Logo

लक्ष्मी सन्राईज बैंकको अगुवाइमा ७० मेगावाटको दुधकोशी-२ जलविद्युत आयोजनामा लगानी सम्झौता


819
Shares

काठमाडौं । लक्ष्मी सन्राईज बैंक लिमिटेडको नेतृत्वमा बैंक तथा वित्तीय संस्थाहरु र दुधकोशी हाइड्रोपावर नेपालबीच ७० मेगावाट क्षमताको दुधकोशी–२ (जलेश्वर) जलविद्युत आयोजना निर्माणका लागि लगानी सम्झौता भएको छ। आयोजनाको कुल लागत करिब १५ अर्ब रुपैयाँ रहनेछ।

सोलुखुम्बु जिल्लास्थित दुधकोशी नदीमा निर्माण हुने यो अर्धजलाशय आयोजना असोज ७, २०७७ मा विद्युत विकास विभागबाट उत्पादन अनुमति प्राप्त गरिसकेको छ भने मंसिर ६, २०७८ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत सम्पन्न गरिसकेको कम्पनीले जनाएको छ।

आयोजनाको निर्माणका लागि लक्ष्मी सन्राईज बैंकको नेतृत्वमा सहवित्तीयकरणमार्फत कुल लागतको ७० प्रतिशत अर्थात् १० अर्ब ५० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्नेछन्। बाँकी ३० प्रतिशत लगानी दुधकोशी हाइड्रोपावर नेपालका संस्थापक तथा प्रवद्र्धक समूहबाट हुने बताइएको छ। सहवित्तीयकरणमा एभरेष्ट बैंक सह–अगुवा बैंकका रूपमा र सानिमा बैंक सदस्य बैंकका रूपमा सहभागी छन्।

कम्पनीका मुख्य प्रवद्र्धकमा आयु मलुन हाइड्रोपावर लि।, कदम केसी, किरण मल्ल, अभिज्ञा मल्ल, विक्रम गौतम, विकास गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा। हिमाल भट्टराई र विभिन्न प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल समूह रहेका छन्।

आयोजना जुलाई २०२९ भित्र निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि वार्षिक करिब ४१७ गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा आपूर्ति गर्ने लक्ष्य राखिएको छ। यससँगै दुधकोशी–२ आयोजना देशकै ठूला स्वतन्त्र उर्जा उत्पादकमध्ये एक बन्नेछ।

प्रतिक्रिया दिनुहोस्