Logo
Logo

विश्व पारा एथलेटिक्समा नेपालका प्रभा र हिमालको सहभागिता


252
Shares

काठमाडौँ । विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले सहभागिता जनाउने भएका छन् । भोलिदेखि सुरु भएर असोज १९ गतेसम्म चल्ने प्रतियोगितामा एक महिला र एक पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषतर्फ हिमाल अर्यालले एफ–५५ क्याटगोरी अन्तर्गत सटपुटमा प्रतिस्पर्धा गर्नेछन् भने महिलातर्फ प्रभा आङदेम्बेले टी–४७ क्याटगोरीमा लङ जम्पमा भाग लिनेछिन् ।

टोलीमा पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटी अफिसियलका रूपमा रहनेछन् भने व्यवस्थापकको भूमिकामा सचिव साङबु भोटे रहनेछन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले आज आयोजित कार्यक्रममार्फत बिदाइ गर्दै सफलताको शुभकामना दिनुभयो। अध्यक्ष सिवाकोटी केही दिनपछि टोलीमा सहभागी हुने छन् भने बाँकी टोली भोलि भारत प्रस्थान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्