काठमाडौं । बिहीबार नेप्से परिसूचक २.३५ अंकले घटेर २६५२ मा झरेको छ। कारोबार रकम पनि अघिल्लो दिनको ४ अर्ब १२ करोडबाट घटेर ३ अर्ब २६ करोडमा सीमित भयो ।

दशैंअघि सेयर खरिद–बिक्रीमा अनिच्छा देखिँदा कारोबार सुस्त भएको हो । आज १०७ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो । हिमस्टार ऊर्जाको मूल्य १०%ले बढेर शीर्ष स्थानमा रहँदा, सिटी होटलको मूल्य ७.५५%ले घट्यो ।
धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, कालिका पावर र लुम्बिनी विकास बैंक परे ।
अब दशैंअघि आइतबार मात्र बजार खुल्नेछ ।











