Logo
Logo

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन नियुक्त


252
Shares

 
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नविन न्यौपानेलाई राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

The current image has no alternative text. The file name is: anf.gif

उनको कार्यकाल सन् २०२६ मा हुने साफ महिला च्याम्पियनसिपसम्म रहनेछ । न्यौपानेले बिहीबार एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका महासचिव किरण राईबाट नियुक्ति पत्र लिएका हुन् । 

यस्तै, भगवती खत्री र राजकुमार केसीलाई टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको छ । त्यस्तै बिन्द्रा देवान (टोली व्यवस्थापक), शिला गिरी (फिजियोथेरापिस्ट) र बिकास गुरुङ (किट व्यवस्थापक) भने यथावत् भूमिकामा रहने एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्