Logo
Logo

प्रधानसेनापति ट्रफी–२०८२ उपत्यका पृतना र गोरख गण विजयी


315
Shares

काठमाडौँ । यस वर्ष सम्पन्न प्रधानसेनापति ट्रफी–२०८२ खेलकुद प्रतियोगितामा पृतनातर्फ उपत्यका पृतना र गणतर्फ पुरानो गोरख गण विजयी भएका छन्।

प्रतियोगितामा १६ नम्बर बाहिनी अड्डा र जगदल गण दोस्रो स्थानमा रहे। नेपाली सेनाका १४ वटा टिम सहभागी उक्त प्रतियोगितामा दौड, पौडी, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल लगायतका खेल समावेश गरिएको थियो।

विजयी टिम तथा खेलाडीहरूलाई प्रधानसेनापति अशोकराज सिग्देल लगायत पूर्वप्रधानसेनापति, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, बलाध्यक्ष रथी, सशस्त्र प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशकले ट्रफी , प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरे।

त्यस अवसरमा प्रतियोगिताका उत्कृष्ट खेलाडीहरू र रेफ्रीहरूलाई समेत सम्मानित गरिएको थियो।

समापन समारोहका दिन आयोजित फुटबल खेलमा कालीबहादुर गणले देवीदल गणलाई ३–२ गोलले पराजित गर्दै जित दर्ता गर्‍यो।

खेल आयोजना स्थलहरू :

– बास्केटबल प्रतियोगिता हेटौँडामा
– बक्सिङ पोखरामा
– बाँकी खेलहरू राजधानी काठमाडौँमा सम्पन्न भएका थिए।

कार्यक्रमका अवसरमा नेपाली सेनाका बलाध्यक्ष रथी प्रदीपजङ्ग केसीले सैनिक जीवनमा खेलकुदको महत्त्वबारे बोल्दै भने “ खेलकुदले शारीरिक र मानसिक विकास गर्दै स्वास्थ्य , अनुशासित, साहसी र सक्षम नागरिक निर्माण गर्न प्रेरणा प्रदान गर्छ। ”

प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक र सहभागी टिमहरूलाई बधाई दिइएको छ।

प्रतिक्रिया दिनुहोस्