काठमाडौं । वेष्ट इन्डिजसँगको ऐतिहासिक टी-२० आई सिरिजको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

युएईको शारजाहस्थित शारजाह क्रिकेट स्टेडियममा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।पहिलो खेलमा नेपालले वेष्ट इन्डिजलाई १९ रनले हराएको थियो ।












