काठमाडौं । युएईमा जारी वेस्ट इन्डिजविरूद्धको टी(२० सिरिजको अन्तिम खेलमा नेपालले सुरूमा ब्याटिङ गर्ने भएको छ । शारजाह रंगशालामा जारी खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले फिल्डिङ गर्न लागेको हो।

नेपालले तीन खेलमध्ये दुईवटा जितेर सिरिज हात पारिसकेको छ। आइसिसीको पूर्ण सदस्य रहेको वेस्ट इन्डिजसँग सोमबार नेपाल ९० रनले विजयी भएको थियो ।
उक्त खेलमा नेपालले ६ विकेट गुमाएर १७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले १७.१ ओभरमा १० वटै विकेट गुमाउँदै ८३ रन मात्र बनायो ।
त्यसअघि शनिबार भएको खेलमा पनि नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको थियो ।
वेस्ट इन्डिज दुई पटक टी–२० विश्वकप विजेता रहिसकेको राष्ट्र हो । आज हुने अन्तिम खेलपछि नेपालको टोली विश्वकप छनौट खेल्न ओमान जानेछ।











