Logo
Logo

टी-२० विश्वकप छनोटका लागि १५ सदस्यीय नेपाली टोली घोषणा


1.5k
Shares

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ । 

The current image has no alternative text. The file name is: Nepali-Cricket-team-world-cup-2024-a_FwInu8cI8F.jpg

नेपाल क्रिकेट सङ्घ (क्यान)का प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा छनोट प्रतियोगिताका लागि १५ जना नेपाली खेलाडीहरू समावेश टोली घोषणा भएको हो ।

क्यानका अनुसार साहब आलम ट्राभलिङ रिजर्भ अर्थात् वैकल्पिक खेलाडीका रूपमा रहनेछन् । टी-२० विश्वकप छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदै छ । नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ ।

नेपाली टोली स् रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी

प्रतिक्रिया दिनुहोस्