Logo
Logo

नेपालले मलेसियासँग दोस्रो खेल जित्यो, सिरिजमा कमब्याक


1.5k
Shares

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिजको दोस्रो खेलमा जित हासिल गरेको छ ।

शनिबार सम्पन्न दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको ९२ रनको लक्ष्य पछाएको नेपालले १६.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा पुजा महतोले ३९ रन बनाएकी थिइन् भने कप्तान  इन्दु बर्माले अविजित २७ रन बनाएकि थिइन् ।

यसअघि पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाउदै ९१ रन बनाएको थियो । यो जितपछि नेपालले ५ खेलको सिरिजमा कमब्याक गर्दै १-१ को बराबरी गरेकोछ । अब सिरिजको तेस्रो खेल आइतबार हुने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्