Logo
Logo

संयुक्त राष्ट्रसङ्घद्वारा गाजामा युद्ध अन्त्य गर्न कतारले गरेको मध्यस्थताका लागि कृतज्ञता व्यक्त


378
Shares

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजा पट्टीमा जारी दुखद युद्धको अन्त्यका लागि कतारले गरेको संयुक्त तथा अमूल्य मध्यस्थता कार्य प्रति कृतज्ञता व्यक्त गरेका छन् । 

The current image has no alternative text. The file name is: antonio-guterres-UN-general-secratory_20190513045402.jpg

प्रेस विज्ञप्ति  जारी गर्दै महासचिव गुटेरेसले  संयुक्त राज्य अमेरिकाका महामहिम राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको हालैको प्रस्तावको आधारमा बन्धकहरूलाई रिहा गर्न र वार्तामा संलग्न हुने घोषणा गर्दै हमासले जारी गरेको बयानबाट आफू उत्साहित भएको जनाएका छन् ।  

उनले गाजामा युद्ध अन्त्य गर्ने यो अवसरको भरपुर उपयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै तत्काल र स्थायी युद्धविराम, सबै बन्धकहरूको तत्काल र बिना सर्त रिहाई, तथा निर्बाध मानवीय पहुँचको लागि  पुनः आह्वान गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्