Logo
Logo

पिसिआर खरिदमा भ्रष्टाचार : अख्तियारमा मुद्वा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० भदौ । नेपालमा दैनिक बढिरहेको कोरोना संक्रमणबाट आफ्ना नागरिकलाई बचाउन सरकारले ध्यान कोरोना उपचार रोकथाममा केन्द्रित गरेको छ ।
पछिल्लो तथ्यांकअनुसार नेपालमा ५५ हजार ३२९ जना संक्रमित देखिएका छन् । त्यसमध्ये ३९ हजार ५७६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस संक्रमितको तथ्यांक संकलन गर्न देशैँका सबै जिल्ला अस्पतालहरुमा पिसिरआर मेसिन खरिदका लागि बजेट छुट्याएको छ । जिल्ला अस्पतालहरुले धमाधम पिसिआर मेसिन खरिद प्रक्रिया अगाडि बढाएको छ ।
पिसिआर मेसिन खरिद गर्न जिल्ला अस्पतालहरुले टेण्डर आह्वान समेत गरेका छन् । तर, पिसिआर मेसिन खरिदमा समेत व्यापक भ्रष्टाचार भएको छ । कलैया उपमहानगरपालिकाले सबैभन्दा बढी मूल्य अंकित गर्ने वायोमेट इन्टरनेशनल प्रालिसँग पिसिआर मेसिन खरिद गर्ने सम्झौता गरेपछि उक्त खरिद प्रक्रियाका बारेमा अख्तियार अनुसन्धान आयोगमा मुद्वा परेको छ ।
समाचार सुत्रका अनुसार मेयर राजेश यादव आफ्नो छोराको उपचारका सिलसिलामा काठमाडौं आएको मौका छोपी स्वास्थ्य अधिकृत प्रेमचन्द जैसवालले उक्त ठेक्काको सम्झौता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्