Logo
Logo

युक्रेनको ट्रेनमा भयानक रुसी बमबारी, ३० जना घाइते


945
Shares

काठमाडौं । रुस र युक्रेनबीच तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको द्वन्द्वमा रुसले एकपटक फेरि युक्रेनमा शक्तिशाली हमला गरेको छ । रुसी ड्रोन हमलामा युक्रेनको सुमी क्षेत्रको एउटा रेलवे स्टेसनमा कम्तीमा ३० जना घाइते भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दिएका छन् ।

उनले यो हमलालाई क्रुर बताउँदै द्वन्द्वको सुरुवातदेखि नै रुसले बारम्बार युक्रेनको रेलवे लाइनलाई निशाना बनाएको बताए । उनले अहिलेसम्म कम्तीमा ३० जना घाइते भएका र यसमा यात्रुहरू र रेलवे कर्मचारीहरू पनि रहेको बताएका छन् । उनले एक भिडियो पनि सेयर गर्दै जसमा एक ट्रेनको डिब्बा आगोमा जलिरहेको देखाइएको छ ।

जेलेन्स्कीले रुसीहरूले जनाजान नागरिकहरूमाथि हमला गरेको बताएका छन् । यो हमला रुसको सिमानाबाट करिब ५० किलोमिटर टाढा भएको थियो ।

योभन्दा एक दिनअघि रुसले धेरै ड्रोन र मिसाइलहरू प्रहार गर्दै युक्रेनको बिजुली नेटवर्कलाई निशाना बनाएका थियो । युक्रेनको ऊर्जा कम्पनीले बताए अनुसार यो हमला शुक्रबार रातिदेखि शनिबार बिहानसम्म भएको थियो ।

यसलाई युक्रेनको प्राकृतिक ग्यास केन्द्रमाथि भएको अहिलेसम्मकै सबैभन्दा ठूलो हमला मानिएको छ । युक्रेनी वायुसेनाका अनुसार, रुसले शुक्रबार कुल ३८१ ड्रोन र ३५ मिसाइलहरू प्रहार गरेको अधिकारीहरूले बताए ।

यो भयानक रुसी हमलामा चेर्निहिभ नजिकका ऊर्जा केन्द्रहरूमा क्षति पुगेको बताइएको छ । यो स्थान रुसको सिमाना नजिक उत्तरमा रहेको सहर हो । यो आक्रमणले क्षेत्रीय बिजुली अपरेटर चेर्निहिभोब्लेनेर्गोले बताएअनुसार, लगभग ५० हजार घरहरूमा बिजुली बिच्छेद भएको थियो । चेर्निहिभका सैन्य प्रशासन प्रमुख दिमित्रो ब्रिजिन्स्कीले सहरमा रातको समयमा भएको हमलाबाट धेरै आगलागी भएपनि क्षतिको विवरण भने दिएनन् ।

यसैगरी, युक्रेनकी प्रधानमन्त्री युलिया स्विरिडेन्कोले यी हमलाहरूलाई लिएर रुसलाई नागरिकहरूलाई आतंकित गरेको आरोप लगाइन् ।

शुक्रबार रातिदेखि शनिबार बिहानसम्म, रुसले थप १०९ ड्रोन र ३ ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको थियो । युक्रेनी सेनाले बताएअनुसार तीमध्ये ७३ ड्रोनलाई खसालिएको वा बाटो परिवर्तन गर्न बाध्य पारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्