Logo
Logo

एसिया पेसिफिक छनोट पूर्वको दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी 


1.6k
Shares

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट पूर्वको दोस्रो अभ्यास खेलमा पनि कतारलाई पराजित गरेको छ । पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको नेपालले सोमबार कतारलाई १६ रनले हरनएको हो । 

The current image has no alternative text. The file name is: nepal-cricket.gif

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कतारलाई  १७१ रनको लक्ष्य दिएको थियो । जवाफमा कतारले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रनमात्र बनाउन सक्यो । नेपालका लागि करण केसीले ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीको नाममा एक/एक विकेट लिए ।   

नेपालले पहिला निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १७० रन बनाएको थियो ।  नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए। दीपेन्द्र सिंह ऐरी ३८, आसिफ शेख ११, कप्तान रोहित पौडेल ८ रनमा आउट भए । 

प्रतिक्रिया दिनुहोस्