काठमाडौं । आइसिसी टि-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा नेपालल आज समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा जापानसग खेल्दै छ ।

खेल शुक्रवार ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा नेपाली समयअनुसार दिउँसो ४ः१५ बजेदेखि सुरु हुनेछ । नेपालले पहिलो खेलमा कुवेतमाथि ५८ रनको जित निकालेको थियो ।
नेपाल आज जापानलाई पराजित गरेर समूह विजेता बने लक्ष्यसहित मैदानमा आउने छ । टी-२० अन्तर्राष्ट्रिय क्रीकेटमा नेपाल र जापान पहिलो पटक प्रतिस्पर्धा गर्दै छन् । नेपालले एक खेल अगाडि नै सुपर सिक्समा स्थान पक्का गरिसकेको छ ।











