काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४ हजार २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार छापावाल सुन तोलामा २ लाख ३५ हजार रुपैयाँ कायम भएको हो ।

यसअघि बिहीबार सुन तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको थियो । शुक्रवार चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा ३ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । सुनको मूल्य घटेपनि चाँदीको आज कायम भएको मूल्य हालसम्मकै उच्च हो ।











