Logo
Logo

सङ्घ र मिडियाका कारण नेपाली फुटबल भताभुङ्ग भयो : अल्मुताइरी  


1.6k
Shares

काठमाडौं । श्रीलङ्काली फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल र अफगानिस्तानबाट बाहिरिएपछि दुवै देशको फुटबल अवस्था कमजोर भएको बताएका छन् । एएफसी एसियन कप छनोट २०२७ को खेलअघि बिहीबार रेसकोर्स ग्राउन्डमा उनले मिडियाले आफूलाई निशाना बनाएर दुवै देशमा काम गर्न नदिएको दाबी गरेका छन् । 

The current image has no alternative text. The file name is: football-2.gif

उनले भने, ‘मलाई नेपाल र अफगानिस्तानमा निशाना बनाइयो, तर यसको असर मलाई भन्दा फुटबलमा पर्‍यो । श्रीलङ्काली फ्यान र मिडियालाई खेलाडीलाई विवादमा नपार्न आग्रह गर्छु । सङ्घ वा ओलम्पिक समितिसँग समस्या छ भने त्यहीँ समाधान खोज्नुस् ।’

४३ वर्षीय कुवेती प्रशिक्षक अल्मुताइरी डेढ वर्ष नेपालको मुख्य प्रशिक्षक थिए । कतार फुटबल सङ्घको सहयोगमा २०७७ चैतमा उनी नेपाल आएका थिए । २०७८ कात्तिकमा एन्फासँग तीन वर्षको सम्झौता गरेका उनले साफ च्याम्पियनसिप २०७८ मा नेपाललाई पहिलोपटक फाइनल पुर्‍याएर इतिहास रचे । उनले सन् २०२७ को एएफसी एसियन कपमा नेपाललाई पुर्‍याउने योजना पनि बनाएका थिए ।

तर, २०७९ जेठमा कुवेतमा भएको छनोट खेलपछि उनी बिरामी बिदामा कुवेत फर्किए र नेपाल आएनन् । एन्फाले २०७९ असोजमा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि प्रदिप हुमागाईँलाई कार्यवाहक प्रशिक्षक बनायो । अल्मुताइरीले आफ्नो अनुपस्थितिबारे एन्फालाई जानकारी गराए पनि उनको अनुबन्ध अन्त्य भयो । उनको नेतृत्वमा नेपालले उल्लेखनीय प्रगति गरेको थियो, तर मिडिया र विवादले उनको योजनालाई प्रभावित गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्