काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । शनिवार बिहान स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगन्जस्थित उक्त अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.रत्नमणि गजुरेलले विज्ञप्तिमार्फत राष्ट्रपतिको स्वास्थ्य परीक्षण भइरहेको र उनको अवस्था सामान्य रहेको जानकारी दिएका हुन् ।















