Logo
Logo

सीके राउत नेतृत्वको जनमत विभाजन 


1.9k
Shares

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टी विभाजन भएको छ । पार्टीमा रहेको केन्द्रीय समितिको २० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहितको निवेदन निर्वाचन आयोगमा दर्ता गराएको छ । जनमत पार्टीबाट कारबाहीमा परेका दीपक साहले यसअघि नै जनकपुरमा बैठक बसेर जनस्वराज पार्टी घोषणा गरेका थिए ।

The current image has no alternative text. The file name is: ck-raut1.jpg

आज सोही जनस्वराज पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । जनमत पार्टीका २० प्रतिशत सदस्यहरूको हस्ताक्षरसहित निर्वाचन आयोगमा निवेदन दर्ता गराएको जनस्वराज पार्टीका आर्थिक विभाग प्रमुख सुरेन्द्रनारायण यादवले जानकारी गराएका हुन् ।

जनमत पार्टीका थुप्रै नेताहरूले हस्ताक्षर गरिसकेका र सो हस्ताक्षरसहितको निवेदन निर्वाचन आयोगमा दर्ता भइसकेको यादवले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्