काठमाडौं । टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेको भिडियो सार्वजनिक भएपछि सो समूहका एक सदस्य प्रहरी कार्यालय पुगेका छन् ।

आफूलाई टीओबी समूहको सदस्य बताउने तेन्जेन दावा प्रहरी कार्यालय पुगेका हुन् । उनले सुरुमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पुगेका थिए । त्यहाँबाट उनलाई जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।
प्रहरीसँगको बयानमा दावाले उक्त भिडियो जेनजी आन्दोलनभन्दा पहिलाको भएको र सुटिङको क्रममा खिचिएको दाबी गरेका छन् । भिडियोमा देखिएको पेस्तोल नक्कली भएको उनको जिकिर छ । हाल सामाजिक सञ्जालमा टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्तिले कम्मरमा पेस्तोल राख्दै गरेको तस्बिर भाइरल भएको छ । प्रहरीले यस विषयमा अनुसन्धान अघि बढाएको छ ।














