Logo
Logo

सुनचाँदीकै मूल्यमा रेकर्ड ब्रेक, सुन तोलामा २ लाख ४० हजार नाघ्यो


756
Shares

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुन २ हजार ४ सय र चाँदी ९५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो ।

अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला २ लाख ४० हजार ४ सय कायम भएको छ । अघिल्लो दिन २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय २० रुपैयाँ पुगेको छ । चाँदी अघिल्लो दिनको तुलनामा आज प्रतितोला ९५ रुपैयाँ बढेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्