काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कतारविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

ओमनमा नेपालविरुद्ध कतारले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । नेपाल कतार विरुद्धको खेल जितेर आफूलाई विश्वकप छनोटमा बलियो बनाउने दाउमा रहेको छ ।
कतार नेपाल विरुद्ध जित निकाल्दै अङ्क जोड्ने लक्ष्यमा रहेको छ । सुपर सिक्समा कतार अङ्कविहीनको अवस्थामा रहेको छ । नेपाल ४ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ । ओमान ६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ ।











