
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा पत्रकार रामबहादुर रावल नियुक्त भएका छन् । नेपालखबरको सम्पादक रहेका रावललाई अन्तरिम सरकारको प्रधानमन्त्री कार्कीले प्रेस संयोजक नियुक्त गरेकी हुन् ।
बाजुरामा जन्मिएका रावलले नेपालखबरअघि ग्यालेक्सी फोरके टेलिभिजनका सम्पादक थिए । उनले कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक, नेपाल एफएमलगायत विभिन्न सञ्चारमाध्यममा डेढ दशकभन्दा बढी सक्रिय पत्रकारिता गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका रावलले कानुनमा स्नातक गरेका छन् ।










