
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमानका साथ देशको शिर माथि उठाउने पार्टी एमाले मात्रै भएको बताएका छन् ।
आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले नेपालको कम्युनिष्ट आन्दोलन ऐतिहासिक घटनाक्रमबाट अघि बढेको दृष्टान्त प्रस्तुत गर्दै राष्ट्रिय स्वाभिमानका साथ देशको शिर माथि उठाउने पार्टी एमाले मात्रै भएको बताएका हुन् ।
उनले मुलुकलाई लोकतन्त्र, शान्ति, विकास, सामाजिक न्याय, समृद्धिको लयमा फर्काउन एकताबद्ध भएर लाग्नुपर्नेमा समेत जोड दिए ।










