काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन मंसिर २७ गतेदेखि कास्कीको पोखरामा गर्ने प्रस्ताव भएको छ।

बुधबार ललितपुरमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।
केन्द्रीय कमिटी बैठकले यसलाई अनुमोदन गरेपछि मात्रै औपचारिकता पाउने छ।










