Logo
Logo

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको प्रतिवेदनमा ५० सदस्यको धारणा


1k
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि पहिलो दिन ५० जना सदस्यले धारणा राखेका छन् ।

The current image has no alternative text. The file name is: amale-kedriya-baithak.jpg

बुधबारदेखि ललितपुरको भनिमण्डलमा सुरु भएको बैठकमा महासचिव शंकर पोखरेलले सदस्यहरूलाई उल्टो वर्णानुक्रम (‘ज्ञ’देखि ‘क’) अनुसार धारणा राख्न बोलाउने निर्णय गरेका थिए । यसअघि केन्द्रीय सदस्यहरूले ‘अ’देखि ‘ज्ञ’सम्मको क्रमअनुसार धारणा राख्ने प्रचलन थियो।

यो प्रस्तावमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विरोध जनाएका थिए, जसमा केही अन्य सदस्यहरूले पनि समर्थन देखाए। तर अन्ततः बैठकमा उल्टो वर्णानुक्रमअनुसार नै सदस्यहरूले पालैपालो बोल्ने व्यवस्था अपनाइयो ।

प्रत्येक सदस्यलाई धारणा राख्न ३–३ मिनेट समय दिइएको थियो । बैठक बिहीबार बिहान ८ बजेदेखि पुनः सुचारु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्