
काठमाडौं । नेपाल बजारमा आज बिहीबार सुनको भाउले साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।
हिजो बुधबार २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । आजको सुनको यो मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३२४० रुपैयाँ रहेको चाँदी आज ३२७५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी ३३२५ रुपैयाँसम्म पुगेको थियो ।











