Logo
Logo

एकैदिन तोलामा ७ हजार १ सय बढ्यो सुन, कति पुग्यो ?


1.1k
Shares

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) एकैदिन सुनको मूल्य तोलामा ७ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बढेर हालसम्मकै उच्च भएको हो ।

हिजो बिहीबार तोलाको २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको हो ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले चाँदी महँगिएको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्