काठमाडौं । टी-२० विश्वकप २०२६ को छनोट अन्तर्गत सुपर-६ को अन्तिम खेलमा समोआले टस जितेको छ । समोआले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

नेपाल हालसम्म अपराजित रहँदा अङ्क तालिकामा ८ अङ्क सहित अङ्क तालिकाको शीर्ष स्थानमा छ । एसिया र पूर्वी एसिया प्यासिफिक क्षेत्रको यो छनोट प्रतियोगिताबाट नेपालसहित ओमान र युएईले विश्वकपमा स्थान बनाइसकेका छन् ।
अब आज कमजोर मानिएको समोआलाई हराउँदै प्रतियोगिताको उपाधि जित्ने नेपालको लक्ष्य छ ।











