Logo
Logo

नेपाली क्रिकेट टोली लिग २ सिरिज खेल्न युएई पुग्यो


2.8k
Shares

काठमाडौं । आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिकको च्याम्पियन नेपाली क्रिकेट टोली आज ओमनबाट संयुक्त अरब इमिरेट्स (युएई)  पुगेको छ ।

The current image has no alternative text. The file name is: nepal-3.gif

छनोटमा च्याम्पियन भएको भोलि पल्ट नै टोली विश्व कप लिग २ को त्रिकोणात्मक सिरिजका लागि दुबई आएको हो । नेपाल, युएई र अमेरिकासम्मिलित खेल अक्टोबर २६ मा सुरु हुनेछ । पहिलो खेल अक्टोबर २६ मा नेपाल र अमेरिकाबीच हुनेछ । सबैले एकअर्कासँग दुई पटक खेल्नेछन् ।

८ टोली सम्मिलित लिग टुमा २० खेलमा २८ अङ्कसहित अमेरिका दोस्रो, १६ खेल खेलको नेपाल (१२अङ्क) सातौँ र युएई (६) पुछारमा छ ।

यसअघि युएइमा वेस्ट इन्डिजसँगको टि ट्वान्टी सिरिज खेलेर ओमान गएको थियो । टेस्ट राष्ट्रसँग पहिलो पटक नेपालले २-१ ले सिरिज जितेको थियो । टि ट्वान्टी विश्वकप अपराजित रहँदै नेपाल शुक्रवार च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्