काठमाडौं । नेपाल क्रिकेट टोलीको नेतृत्व हङकङ सिक्सेस प्रतियोगितामा शरद भेषावकरले गर्ने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार, उनले यो प्रतियोगितापछि सन्यास लिने घोषणा गरेका छन् ।

हङकङ क्रिकेट सङ्घको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी नोभेम्बर ७ देखि ९, २०२५ सम्म हङकङमा आयोजना हुनेछ । क्यानले भेषावकरको कप्तानीमा ७ सदस्यीय टोली घोषणा गरेको छ ।
टोलीमा शरदसहित सन्दीप जोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान समावेश छन् ।











