काठमाडौं । अष्ट्रेलियाले एडिलेड एकदिवसीयमा भारतलाई दुई विकेटले पराजित गर्दै तीन खेलको एकदिवसीय शृङ्खला २-० ले जितेको छ । एडिलेडमा भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै ५० ओभरमा नौ विकेट गुमाएर २६४ रन बनाएको थिए ।

भारतका लागि रोहित शर्माले ७३, श्रेयस अय्यरले ६१, अक्षर पटेलले ४४ र हर्षित राणाले २४ रन जोडे । जवाफमा अष्ट्रेलियाले ४६.२ ओभरमा आठ विकेट गुमाएर २६५ रनको लक्ष्य पूरा गरेको हो । म्याट सर्टले ७४, कूपर कोनेलीले ६१, मिचेल ओवेनले ३६ र म्याट रेनशले ३० रन बनाए ।
भारतका वाशिंगटन सुन्दर र हर्षित राणाले समान दुई-दुई विकेट लिए भने अर्शदीप सिंह र अक्षर पटेलले एक९एक विकेट लिए । शृङ्खलाको तेस्रो तथा अन्तिम एकदिवसीय खेल अक्टोबर २५ मा सिड्नी क्रिकेट मैदानमा हुनेछ ।











