Logo
Logo

विराट कोहलीको कीर्तिमानी रनमा भारतको जित


2.3k
Shares

काठमाडौं । अस्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेलमा विराट कोहली र रोहित शर्माको शानदार प्रदर्शनले भारतले ९ विकेटको जित हासिल गरेको छ ।  सिड्नीमा भएको खेलमा अस्ट्रेलियाले २३६ रन बनाएको जवाफमा भारतले ११.३ ओभर बाँकी छँदा लक्ष्य भेट्टाएको हो ।

रोहितले अविजित १२१ र कोहलीले अविजित ७४ रन बनाए । दुवैको १६८ रनको साझेदारी निर्णायक बन्यो । कोहलीले यो खेलमा एकदिवसीय क्रिकेटमा १४ हजार रनको कीर्तिमान पार गर्दै कुमार सङ्गकारालाई उछिने र दोस्रो सर्वाधिक रनकर्ता बने । सचिन तेन्दुलकर १८,४२६ रनसहित शीर्षमा छन् ।

अस्ट्रेलियाविरुद्ध हर्षित राणाले ४ विकेट लिएर बलिङमा उत्कृष्ट प्रदर्शन गरे । यद्यपि, सिरिज अस्ट्रेलियाले २–१ ले जितेको छ । रोहित म्यान अफ द सिरिज बने । 

प्रतिक्रिया दिनुहोस्